
फाइल तस्बिर ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन्। पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन घोषणा भएको अवस्थामा उनले पार्टी फुट्न नदिने बताएका हुन् । महामन्त्री थापाले बुधबार नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा यस्तो बताएका हुन्।
नियमित महाधिवेशन वैशाखमा गर्ने मिति तय भएको सन्दर्भमा विशेष महाधिवेशन पक्षधर जसरी पनि महाधिवेशन गर्ने गरी अगाडि बढेकाले यसैकारण कतै पार्टी फुट्ने त होइन भन्ने चर्चाकाबीच महामन्त्री थापाले एकता कायम राख्ने प्रतिबद्धता जनाएका हुन्
उनले भने, ‘जस्तो सुकै अप्ठेरो अवस्था आए पनि बरु विष पिउँछु पार्टी एकता कायम राख्न प्रयत्न गर्नेछु।’ उनले कसैले चाहेर पनि पार्टी नफुट्ने भन्दै देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त पारेका छन् । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ थापाले भनेका छन्, पार्टीलाई सान्दर्भिक बनाइराख्ने छु।’
महाधिवेशनको कुराले कांग्रेसमा असन्तुष्टि र कलहको विजारोपण सुरु भएको छ ।