आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष #पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष
समाचार राजनीति

विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ तर पार्टी विभाजन हुँदैन: महामन्त्री विश्वप्रकाश शर्मा

"विशेष महाधिवेशन बदलिएको समयको काँग्रेसको लागि हो, बदल्नु पर्ने देशका लागि हो ।"
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ पुस, २०८२ मा प्रकाशित
विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ तर पार्टी विभाजन हुँदैन: महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौं, पुस २४ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् ।

सामाजिक संजालमा भिडियो सन्देश मार्फत उनले भनेका छन्,"विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ तर पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु ।"

उनले पाँचवटा प्रश्नमा आफ्ना कुराहरुलाई प्रष्ट् पारेका छन् पहिलो  'नेपाली काँग्रेसको पहिलो विशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढङ्गले अघि बढ्न दुरदृस्टी र दृढ इच्छाशक्ति दिएको थियो ।

विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बिचमा भइरहेको छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ ।

 
अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपूर्ण दृष्टि, योजना र सङ्कल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढङ्गले अघि बढ्नु छ ।'

विशेष महाधिवेशन वैधानिक रहेको पनि प्रष्ट पारेका छन् । उनले भनेका छन्: समय,परिस्थिति र हाम्रो दायित्व बदलिएको छ बदलिएको समयसंग सामाना गर्नका लागि, बदलिएर जानका लागि, केही नयाँ संकल्प लिनका लागि, केही नविन दृष्टि बनाउनका लागि, केही नविन जागरण सिर्जना गर्नका लागि विशेष परिस्थिति, विशेष निर्णय र  विशेष महाधिवेशन हो ।

उनले मुर्झाएर बसेको काँग्रेस भन्दा जुर्मुराएको काँग्रेसले निर्वाचनमा बढी परिणाम दिनेछ बढि परिणाम दिनेछ भनेका छन् ।    

विशेष महाधिवेशनमा हस्ताक्षर गरेका नगरेका सबैको हो भन्दै सबै जनालाई आमन्त्रण पनि गरेका छन् ।  

पार्टीको विधानमा भएको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजन गर्न नभएको उनले उल्लेख गरेका छन् । सबै प्रतिनिधिलाई महाधिवेशनमा उपस्थित हुन पनि आग्रह गरेका छन्।

विशेष महाधिवेशनमा भाग लिनुस र प्रश्न र असहमति बेजोडले राख्नुस् उनले भनेका छन् । अन्त्यमा उनले भनेका छन्: ठूलो स्वर वम विष्फोटनको हुन्छ विचारको प्रस्फुटन मधुर हुन्छ । 
"विशेष महाधिवेशन बदलिएको समयको काँग्रेसको लागि हो, बदल्नु पर्ने देशका लागि हो ।"

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार