
फाइल तस्बिर ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो । यसअघि कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले सो भेला बोलाउने निर्णय गरेको हो ।
एक केन्द्रीय सदस्यका अनुसार भेला शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा हुने भएको छ । केन्द्रीय सदस्यमा संस्थापन पक्षबाट २५ जना छन् । यसअघि भएका भेलाहरुमा पनि उनीहरूले निर्वाचनअगाडि महाधिवेशन गर्न नहुने पक्षमा अडान राख्दै आएका थिए ।