सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल #प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल
समाचार राजनीति

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दै

सुदूरपश्चिम प्रदेशका ६ जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बहिस्कार गर्न अपिल गर्दै विज्ञप्ति जारी गरे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं, पुस २५ :

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा शेखर कोइराला सहितका शीर्ष नेता सहभागी हुने समेत बताइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेपछि काँग्रेसभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।  

तरंगित भएको कांग्रेसको विवाद मिलाउन  पनि नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।

यस्तै बिहीबार नै कांग्रेसको बैठक बसेर महाधिवेशन कार्यतालिका सार्वजनिक भएकाले अन्य गतिविधि नगर्न भनिएको थियो ।

निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिने निष्कर्षमा कांग्रेस पुगेको थियो । हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्ने बताइएको थियो ।

नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति यतिबेला निकै पेचिलो मोडमा पुगेको छ।

पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी तीव्र भइरहेका बेला सुदूरपश्चिम प्रदेशका ६ जिल्ला सभापतिहरूले त्यसको कडा प्रतिवाद गरेका छन्।

उनीहरूले हिजो एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रस्तावित विशेष महाधिवेशनलाई विधान विपरीतको संज्ञा मात्र दिएनन्। सम्पूर्ण कार्यकर्तालाई उक्त गतिविधिमा संलग्न नहुन अपिल समेत गरेका छन्।

यो विज्ञप्तिले कांग्रेसभित्रको संस्थापन पक्ष र इतर पक्ष विशेषगरी महामन्त्रीद्धयको समूह बिचको शक्ति संघर्षलाई सतहमा ल्याइदिएको छ। शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिमका ६ जिल्ला सभापतिहरू एक ठाउँमा उभिएर विशेष महाधिवेशन विरुद्ध आवाज उठाएका छन्।

हिजो पुस २३ गते जारी गरिएको संयुक्त विज्ञप्तिमा बझाङ, डोटी, डडेलधुरा, अछाम, कञ्चनपुर र कैलालीका जिल्ला सभापतिहरूले हस्ताक्षर गरेका छन्। उनीहरूको मुख्य तर्क पार्टीको विधानमा केन्द्रित छ। विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ।’

उनीहरूले पदाधिकारी महामन्त्रीहरू वा सदस्यले व्यक्तिगत रूपमा बोलाएको अधिवेशन अवैधानिक हुने जिकिर गरेका छन्। ‘त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार