शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

कार्यविधि पारितपछि तनावमा देउवा, आफू निकट नेताहरूसँग छलफल गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
कार्यविधि पारितपछि तनावमा देउवा, आफू निकट नेताहरूसँग छलफल गर्दै
फाइल तस्बिर ।
काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूसँग छलफल गर्दैछन् । सभापति देउवाले अहिले दिउँसो ३ बजे आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

 महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा जारी विशेष महाधिवेशनले कार्यविधि समेत पारित गरेपछि देउवाले आफू निकटस्थ नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

यसअघि देउवाले विशेष महाधिवेशनको वैधानिकतालाई लिएर आफूनिकट नेता तथा कानुन व्यवसायीसँग छलफल समेत गरिसकेका छन् । सभापति देउवालाई अभिभावकीय भूमिका निर्वाह गर्नका लागि विशेष महाधिवेशनमा सहभागी हुन दुई महामन्त्रीले पटक-पटक आह्वान गर्दै आएका छन् ।

संस्थापन पक्षको अस्वीकारबीच अहिले काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार