काठमाडौं, माघ १ :

 विशेष महाधविशेनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ ।  निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न  सभापति थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा र उपसभापति पुष्पा भुसाल पनि आयोग पुगेकी छन् ।

बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । उनीहरूले दलको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको र नयाँ नेतृत्व पनि चयन गरेको जानकारीसहित कागजात अद्यावधिक गर्न निर्वाचन आयोगमा आज निवेदन दिने छन् ।  आयोगले उनीहरूको निवेदन स्वीकार गरेर अद्यावधिक गरेमा उनीहरू वैधानिक रूपमा नेपाली कांग्रेस हुनेछन् ।

पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल भएको थियो ।  बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ ।कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो ।