
काठमाडौं, माघ ३ :
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् ।
बैठक आज बिहान ११:३० बजे नयाँ बानेश्वर स्थित अर्पण बैंक्वेयटमा बस्ने बताइएको छ ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । निर्वाचन आयोगले हिजो गगन थापा पक्षलाई नेपाली काँग्रेस पार्टीको आधिकारिकता प्रदान गरेको थियो ।
उता देउवा पक्षका केन्द्रीय कमिटिको बैठक पनि आज विहान ८ बजेदेखि पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।