काठमाडौं, माघ ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक बन्दसूचीबाट टासी लाजोम शेर्पालाई बिना आधार हटाएको भन्दै हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले विरोध गरेका छन् ।  

केन्द्रीय कार्यालय वनस्थलीमा अहिले उनीहरुले प्रदर्शन गरिरहेका छन् ।   प्रदर्शनमा ती दुई जिल्लाका सभापतिले नै  नेतृत्व गरिरहेका छन्।  

शेर्पालाई भूराजनीतिक कारण देखाउँदै रास्वपाले बन्दसूचीबाट हटाएको थियो । टासीले भने आफू तिब्बती नरहेको र त्यससँग कुनै साइनो पनि नरहेको भन्दै रास्वपाको निर्णयमा आपत्ति जनाउँदै आएकी छिन् ।

उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् ।

जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् । यसअघि उनलाई अहिलेको मन्त्रीमण्डलमा राख्न नाम आएपछि विवादमा परेकी थिइन् ।