आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइराला पनि सहभागी

आजको बैठकमा नजाने भनिएपनि पछि उनी बैठकमा गएका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ माघ, २०८२ मा प्रकाशित
देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइराला पनि सहभागी
काठमाडौं, माघ ३ :

नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह सहभागी भएका छन्।  

सानेपास्थित पार्टी कार्यालयमा बस्ने देउवा समूहको कार्यसमिति बैठक बसिरहेको छ ।

गगन थापा पक्षले विशेष महाधिवेशन बोलाएयता नेता शेखर कोइराला संस्थापनतिर लागेका थिए । पार्टीमा विभाजन आएपछि उनले खुलेरै गगन पक्षको आलोचना गरेका थिए ।

निर्वाचन आयोगले गगन पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि शेखर समूहले रणनीतिमा पुनर्विचार गर्ने भएको छ । उनि हिजो देउवा समुहसंगै निर्वाचन आयोग गएका थिए । आजको बैठकमा नजाने भनिएपनि पछि उनी बैठकमा गएका छन् । 

कोइरालाले आफू निकट केन्द्रीय सदस्य र पदाधिकारीसँग बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा छलफल गरिरहेका छन् ।

आजको वैठकमा सहभागी नहुने र बदलिएको परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर विमर्श भइरहेको कोइरालाको सचिवालयले जनाएको छ । यता काँग्रेस सभापति गगन थापाले पनि आज ११:३० बजे कार्यसमितिको बैठक बोलाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार