बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
समाचार राजनीति

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ माघ, २०८२ मा प्रकाशित
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह
काठमाडौं, माघ ३ :

नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ ।

पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा आयोगप्रति बैठकले आभार व्यक्त गरेको छ ।

बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देशविदेशमा रहेका सबै कांग्रेसीमा नवीन ऊर्जाका साथ आगामी फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ ।

बैठकले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका अन्य नेताले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्याएको योगदानको उच्च कदर गर्दै धन्यवादज्ञापन गरेको छ । साथै बैठकले उहाँहरूबाट भविष्यमा पनि पार्टीका लागि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले भविष्यमा कुनै दलसँग अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने निर्णय गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार