काठमाडौं, माघ ५ :

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।

उनी कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री बनेका उनले राजीनामा दिएका हुन् । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषयमा विवादमा परेका थिए  ।

यो विषयमा विवाद बढेपछि प्रधानमन्त्री सुशीला कार्की पनि उनीसंग असन्तुष्ट भएको बताईएको छ ।

राजीनामा बुझाइसकेको भएपनि पनि स्वीकृत भने हुन बाँकी रहेको छ । आज ल्होसारको बिदा परेकोले दर्ता हुन सकेको छैन । राजीनामा भोली स्वीकृत हुन सक्ने बताईएको छ । 

अर्कोतर्फ गुप्ता रास्वपाको गतिविधिमा लागेको भन्दै यस अघिदेखि नै उनले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो ।

यसैबिच सञ्चारमन्त्री जगदीश खरेलसमेत ललितपुरबाट चुनाव लड्ने अन्तिम तयारीमा पुगेका छन् । तर निर्णय भने गरिसकेको अवस्था छैन् । उनी ललितपुर इमाडोलमा बस्दै आएका छन् ।