काठमाडौं, माघ ६ :

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

उनले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका उनको सचिवालयले जनाएको छ ।

उनको निर्वाचन क्षेत्र डडेलधुरा हो । सो क्षेत्रबाट नै  उनी निर्वाचन लड्दै आएका थिए ।

तर  देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको क्षेत्रमा टिकट होल्डमा राखिएको  सभापति थापा निकट स्रोतले जनाएको छ ।   देउवा निर्वाचन लड्दै आएको डडेलधुरा र खड्का निर्वाचन लड्दै आएको सुर्खेत क्षेत्र नम्बर १ मा टिकट कसैलाई पनि दिईएको छैन् ।

दुवै नेताहरूसँगको परामर्शमा मङ्गलबार बिहानसम्म टिकटको टुङ्गो लगाउने सभापति थापा निकट स्रोतले जानकारी दिएको छ । 

प्रतिनिधिसभाको निर्वाचनका लागि मंगलबार बिहान १० बजेबाट उम्मेदवारी दर्ता हुदैछ ।