मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

देउवा डडेल्धुराबाट चुनाव नलड्ने भएपछि नैनसिंह महरलाई दिईयो टिकट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
देउवा डडेल्धुराबाट चुनाव नलड्ने भएपछि नैनसिंह महरलाई दिईयो टिकट
काठमाडौं, माघ ६ :

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने भएपछि सो क्षेत्रबाट नैनसिंह महर चुनाब लड्ने भएका छन् ।  

२०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेता देउवाले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट महर लड्ने भएका हुन् ।

डडेल्धुरामा महरलाई टिकट दिन पार्टी तयार भइसकेको छ ।

पहिलो विकल्प देउवा नै भएको तर  उहाँले आफैले उठ्दिनँ भनेपछि नैनसिंह महरलाई टिकट दिन लागिएको बताईएको छ ।

महरले पनि आफूलाई टिकटको जानकारी दिइएको र लिन बोलाइएको बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार