मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति बागमती प्रदेश

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता
काठमाडाैं, माघ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले  काठमाडौँ  निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । 

पाण्डेले मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरे । पाण्डेका प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ क्षेत्र नम्बर ३ सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल बसेका हुन्।

पाण्डे  भन्दा अघि काठमाडाैं ३ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा, मंगल नेशनल र अन्य ३ जना स्वतन्त्र उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार