मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति बागमती प्रदेश

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी
माघ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज  पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएका छन्  । लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गराउनु परेको बताइएको छ ।

लामिछाने तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।उनले यस अघि  उक्त क्षेत्रमा भारी मतसहित  चुनाव जितेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार