
काठमाडौं, माघ ८ :
काठमाडौँको टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्। स्वास्थ्यमन्त्री डा. सुधा गौतम शर्माले बास्तोलालाई निर्देशक पदमा नियुक्त गरेकी हुन्।
गत माघ ४ गतेको मन्त्रिस्तरीय निर्णयबाट बास्तोलालाई जिम्मेवारी सुम्पेको हो । कोभिड-१९ को समयमा टेकु अस्पतालमा निर्देशक रहेका डा. बास्तोला विभिन्न निकायमा रहेर काम गरिसकेका छन् । टेकु अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएपछि सो पद रिक्त थियो।