
सुर्खेत, माघ ११ :
राष्ट्रियसभा सदस्यमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएका छन्। आज भएको निर्वाचनमा शाही ३ हजार २ सय ७८ र रखाल ३ हजार १ सय ४५ मतभारसहित विजयी भएका हुन् । शाही अन्य कलष्टरबाट र रखाल महिला कलष्टरबाट विजयी भएका हुन् ।
मतदानमा ९६.४६ प्रतिशत मत खसेको थियो र स्थानीय तहतर्फको ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रिय सभाका लागि कर्णालीमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो भने नेपाली कम्प्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावमा उत्रिएको थियो । नेकपाबाट बुद्धिप्रसाद शर्मा र अञ्जु महतरा (शाही) ले मनोनयन दर्ता गराएका थिए ।