हेटौंडा, माघ १२ :
मकवानपुरको इन्द्रसरोवर तालमा मिनरल वाटर बोकेको गाडी खसेको छ ।
इन्द्रसरोवर गाउँपालिका-१ मार्खुचौरस्थित मार्खु-कलंकी सडक खण्डमा कलंकीबाट मार्खु तर्फ आउँदै गरेको बा३ख ३९५४ नं. को मिनरल वाटर (खानेपानी) बोकेको आइचर गाडी रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढ्दा सडकबाट अन्दाजी १५ मिटर तल इन्द्रसरोवर तालमा गाडी खसेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट मार्खुबाट खटिएको टोली घटनास्थल पुगेर गाडी निकाल्नका लागि आवश्यक पहल भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन
बन्दसत्रमा पेस भएका चारै प्रतिवेदन आजै पारित गर्ने तयारी, भोलिदेखि उम्मेदवारी दर्ता
व्यवसायमैत्री वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : मन्त्री साह