सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार राजनीति

चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई काँग्रेसको परिपत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ माघ, २०८२ मा प्रकाशित
चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई काँग्रेसको परिपत्र
काठमाडौं, माघ १३ :

नेपाली काँग्रेसले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई अनुरोध गरेको छ ।

काँग्रेसले ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र जारी गरेको छ  । विशेष महाधिवेशनमा भएका हार जितको कुरा नगरी चुनावमा केन्द्रित हुन परिपत्रमार्फत सबैलाईआग्रह गरिएको छ ।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा काँग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास समेत गरिएको उल्लेख गरिएको छ ।

विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको भन्दै आज सम्मका उपलब्धिलाई समयको पदचाप अनुसार संस्थागत गर्ने संकल्प पार्टीले गरेको सन्देश परिपत्रमार्फत दिइएको छ ।

'गत भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शन पछि परिवर्तित राजनीति परिस्थितको यस कठिन र संवेदनशील घडीमा हामी सबैको उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिबद्धताका साथ अघि बढ्न अत्यावश्यक छ । यो निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अत्यधिक जनमत सिर्जना गरी पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै निकायले आ-आफ्नो तहबाट कुशलतापूर्वक रणनीतिक तवरले जिम्मेवारी निर्वाह गर्नु पर्ने बेला आएको छ' परिपत्रमा भनिएको छ । 
बदल्यौं काँग्रेस बदल्छौं देश यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दछौं हामी,हाम्रो केवल एक ध्येय छ देशको समुन्नति भन्ने संकल्पका साथ आमनिर्वाचनको यो अभियानमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनको लागि लाग्न समेत परिपत्रमार्फत अनुरोध गरिएको छ ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार