मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
समाचार प्रदेश गण्डकी प्रदेश

पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० माघ, २०८२ मा प्रकाशित
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
पर्वत, माघ २० :

प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् । निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छ । 

मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई हेरी मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा प्रबन्धको तयारी भएको छ । पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । ७६ मतदानस्थलमध्ये ३५ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षा व्यवस्था गरिने बताउनुभयो । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको हो । उनका अनुसार प्रदेशभरिमा ३२८ मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेकामा पर्वतमा ३५ वटा परेका हुन् ।

चुनावमा जोखिम मूल्याङ्कनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना परिचालन गर्ने गरिएको छ । जेलबाट भागेका कैदीबन्दी, फिर्ता नआएका हतियार, विकट भौगोलिक अवस्था, चुनावमा हुनसक्ने विवाद, दहरुबीच हुनसक्ने झगडा र विगतका अवस्थालाई मूल्याङ्कन गरी मुख्य चुनौती मान्ने गरिएको छ ।

यहाँ निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । म्यादी प्रहरीलाई तालिम र कर्मचारी तथा शिक्षकबाट निर्वाचनमा खटिने जनशक्ति तयारीमा लागेको उनले बताए ।

आगामी निर्वाचनका लागि पर्वतमा १३ राजनीतिक दलबाट १३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । त्यसमध्ये शीर्ष चार दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य प्रतिस्पर्धि दल हुन् । सबै राजनीतिक दलहरुले गाउँ केन्द्रित चुनावी अभियानलाई अघि बढाएका छन् । आगामी निर्वाचनका लागि यहाँ एक लाख २५ हजार ४६६ मतदाता, ७६ मतदानस्थल र १५१ मतदान केन्द्र रहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार