काठमाडौं, माघ २१ :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको डस्टबिनबाट सुन निकालेर लैजाँदै गरेका एक कर्मचारी पक्राउ परेका छन्। मंगलबार बिहान साढे सात बजेतिर विमानस्थलभित्र सरसफाइको काममा संलग्न डिकबहादुर राउतलाई पक्राउ गरिएको हो। फोहोर जम्मा गरिएको प्लास्टिकको थैलोबाट उनले सुन निकाल्दै गरेका थिए । उनी ४ दशमलव ४ ग्राम सुनसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनी १५ वर्षभन्दा लामो समयदेखि विमानस्थलभित्र काम गर्दै आएका थिए। डस्टबिनमा सुन कसरी आयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका कर्मचारीलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार विभागमा जिम्मा लगाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
तीनकुने घटनामा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको मानव अधिकार आयोगको निष्कर्ष
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
ललितपुर प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु
थप समाचार