बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
समाचार प्रदेश मधेस प्रदेश

रास्वपाले चुनावी अभियानमा प्रयोग गरेको गाडीको ठक्करबाट रौतहटमा एक बालिकाको मृत्यु

घटनाप्रति दुःख व्यक्त गर्दै छानबिनमा प्रशासनलाई पूर्ण सहयोग गर्ने रास्वपाको प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ माघ, २०८२ मा प्रकाशित
रास्वपाले चुनावी अभियानमा प्रयोग गरेको गाडीको ठक्करबाट रौतहटमा एक बालिकाको मृत्यु
रौतहट, माघ २३ :

चुनाव प्रचारप्रसारका निम्ति रास्वपाले प्रयोग गरिएको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले बिहीबार ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको थियो ।  

रास्वपा उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो गरिरहेका बेला कारले बा १५ च ४२४४ नम्बरको कारलेबालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते बालिकालाई उपचारका लागि सुरुमा सिटी अस्पताल गौरमा ल्याएका थिए । 

त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो ।घाइते बालिकालाई अस्पताल छाडेर फरार चालकलाई बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच,रास्वपाले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै छानबिनमा प्रशासनलाई पूर्ण सहयोग गर्ने जनाएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा आज जारी विज्ञप्तिमा पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीबाट आवश्यक पहल भइरहेको उल्लेख छ । 

पार्टीले पीडित परिवारलाई राहत र न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ । सवारीसाधन परिचालनमा उच्च सतर्कता अपनाउन आफ्ना सदस्य तथा चालकलाई निर्देशन दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार