बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

हर्क साम्पाङले भने- रास्वपाको सरकारलाई खबरदारी गर्न म एक्लै काफी छु

बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छु ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ फागुन, २०८२ मा प्रकाशित
हर्क साम्पाङले भने- रास्वपाको सरकारलाई खबरदारी गर्न म एक्लै काफी छु
धरान, फागुन २६ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको प्रतिपक्ष बन्न आफू एक्लै काफी भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले मतदाताहरुलाई धन्यवाद दिदै रास्वपाको सरकारलाई खबरदारी गर्न आफू एक्लो पर्याप्त भएको बताएका हुन्।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनले आफ्नो पार्टीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने मतदातालाई विश्वास दिलाए ।

उनले प्रश्न गर्दै भनेका छन्, ‘अब प्रतिपक्ष नै नहुनेजस्तो देखियो भन्ने चर्चा चलेको सुनेँ, उनीहरुलाई खबरदारी गर्न म एक्लै काफी छु, अरु कोही चाहिन्छ र ?’

साम्पाङले मिल्नै परे राष्ट्रिय प्रजातन्त्र पार्टीका एक मात्र निर्वाचित उम्मेदवार ज्ञानबहादुर शाहीसँग मिलेर आवाज उठाउन सकिने पनि बताएका छन् । ‘माननीय ज्ञानबहादुर शाहीज्यू सँग चाहिँ कुरा मिल्छजस्तो लाग्छ, मेरो प्रारम्भिक अनुमान मात्रै है,’ उनले अर्को स्टाटसमा भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार