
काठमाडौँ,साउन १८: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन आह्वान गरिएको सो पार्टीले जनाएको छ ।
त्यस्तै मुलुकको समसामयिक राजनीतिक विषयवस्तु र पार्टीको भावी कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।