धनगढी, साउन १८: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिदैहुनुहन्छ । 

केन्द्रमा सत्ता समीकरणमा भएको फेरबदलसंगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । उहाँले विश्वासको मत लिनका लागि आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
 
सोडारी अल्पमतमा देखिनुहन्छ । सोडारीले सदनबाट विश्वासको मत पाउन नसकेमा उहाँको नेतृत्वको सरकार स्वतः ढल्नेछ । सुदूरपश्चिम प्रदेशमा बहुमत पुर्याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने देखिन्छ ।