काठमाण्डौं, साउन १८: आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । हिजो प्रतितोला एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो भने आज प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य हिजो प्रतितोला रु. एक हजार सात सय ५० मा कारोबार भएको थियो । आज एक हजार सात सय ९५ पुगेको छ ।