शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश बागमती प्रदेश

सम्पत्ति शुद्धीकरण विभागको छापामारीप्रति मुख्यमन्त्री बानियाँको आपत्ति

भन्छन्- मेरो चरित्रमाथि आघात पुग्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ वैशाख, २०८३ मा प्रकाशित
सम्पत्ति शुद्धीकरण विभागको छापामारीप्रति मुख्यमन्त्री बानियाँको आपत्ति
हेटौंडा, वैशाख २१ :

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र विगतमा संलग्न रहेको निर्माण कम्पनीमा गरिएको छापामारीप्रति आपत्ति जनाएका छन्। आज (वैशाख २१) सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौँस्थित उनका घर तथा बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो।

मुख्यमन्त्री बानियाँले आफू सधैँ सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि अनुसन्धानमा पूर्ण सहयोग रहने बताएका छन्। तर बिना पूर्वसूचना गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक छविमा असर परेको उनको भनाइ छ।

सम्पत्ति शुद्धीकरण विभागद्वारा मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

उनले राज्यका निकायले गर्ने कानूनी अनुसन्धानलाई सकारात्मक रूपमा लिने तर प्रक्रियागत रूपमा गरिएको कारबाहीप्रति असन्तुष्टि रहेको स्पष्ट पारे। साथै, प्रदेशवासी तथा शुभेच्छुकलाई भ्रमित नहुन आग्रह गर्दै आफू जनसेवामा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए।  सार्वजनिक पद धारण गरेयता निर्माण व्यवसायी कम्पनीबाट उनी अलग भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार