
काठमाण्डौँ, साउन १८ : हरितालिका तीजलाई लक्षित गर्दै नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।
गायिका सीता परियारले गाउनुभएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ । “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको गायिका परियारले बताउनुभयो ।
तीजसँग जोडिएको मौलिकता झल्किने गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गर्नुभएको हो । गीतको भिडियोमा स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। श्रव्यदृश्यमा मुकेश नेपालीको नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गर्नुभएको हो।