शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार

कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा : उद्धार गर्न पुगेका अन्सारीसहित तीन जना पक्राउ

अन्सारीमाथि कुटपिट भएको दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ असार, २०८३ मा प्रकाशित
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा : उद्धार गर्न पुगेका अन्सारीसहित तीन जना पक्राउ
काठमाडौं, असार २७ :

काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार होल्डिङ सेन्टरमा होहल्ला गरेको आरोपमा अन्सारीसँगै नहेन्द्र खड्का र सरिश्मा थापालाई पक्राउ गरिएको हो।

बागमती नदीमा आएको बाढीका कारण शुक्रबार राति होल्डिङ सेन्टर डुबानमा परेको थियो। डुबानबाट त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी प्रभावित भएपछि उनीहरूलाई सहयोग गर्न अन्सारीसहितका जेनजी अभियन्ता कीर्तिपुर पुगेका थिए।

घटनास्थलमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा धक्कामुक्का भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त भिडियोमा अन्सारीको अनुहारबाट रगत बगेको देखिन्छ। यस सम्बन्धमा प्रहरीले कुटपिटबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

अन्सारीसहित तीनै जनालाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको जानकारी दिएका छन्। अन्सारीमाथि कुटपिट भएको र त्यसबाट उनको अनुहारमा चोट लागेको दाबी गरेका छन्। यस घटनाबारे प्रहरी र जेनजी अभियन्ताहरूले फरक-फरक दाबी गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार