बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कटौती गरिएको सांसदहरुको स्वकीय सचिव सुविधा सरकारले पुनः ब्युँतायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३२ असार, २०८३ मा प्रकाशित
कटौती गरिएको सांसदहरुको स्वकीय सचिव सुविधा सरकारले पुनः ब्युँतायो
फाइल तस्बिर ।
काठमाडौं, असार ३२ :

सरकारले संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव राख्न पाउने सुविधा पुनः कायम गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि प्रचलनमा रहेको व्यवस्थाअनुसार उक्त सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै पहिले कायम रहेको व्यवस्थाअनुसार नै सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा उपलब्ध गराइने बताइन्।

खर्च मितव्ययिताको नाममा अघिल्लो सरकारले लागू गरेको उक्त सुविधा वर्तमान सरकारले हटाएको थियो। सुविधा कटौती भएपछि सांसदहरूले असन्तुष्टि जनाउँदै पुनः व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए। त्यसपछि सरकारले आफ्नो निर्णय पुनर्विचार गर्दै स्वकीय सचिव राख्ने सुविधा पुनः कायम गर्ने निर्णय गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार