बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति अर्थतन्त्र

रुग्ण उद्योगलाई तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन

‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ साउन, २०८३ मा प्रकाशित
रुग्ण उद्योगलाई तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, साउन ५ :

प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री शाहले आज तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सो कुरा बताएका हुन्।

उनले  तयारी पोसाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव ऐकबद्धता हुने प्रतिबद्धता जनाए । प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न निर्देशन दिए ।

तयारी पोसाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चापदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल  सुचारु गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिए ।

उनले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआइ) ल्याउन तयारी पोसाक वस्तु अमेरिकामा रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए ।

‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने प्रधानमन्त्रीले  प्रतिबद्धता जनाए ।

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्याउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि तयारी पोशाक उद्योगले भोगिरहेका  समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए।

छलफलमा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार