सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश लुम्बिनी प्रदेश

प्यूठानका विभिन्न खोला किनारमा पाँच जनाको शव फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ साउन, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्युठान, साउन २८ :

प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, ३, ४ र ५ तथा माण्डवी गाउँपालिका–५ का खोला किनारमा शव भेटिएका हुन्।

फेला परेका शवमध्ये दुई जना पुरुष, दुई जना महिला र एक जना करिब १३ वर्षीय बालकको रहेको प्रहरीले जनाएको छ। मृतक पाँचै जनाको सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार रोल्पाको थवाङमा गएको पहिरोपछि आएको बाढीले बगाएर ल्याएका हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार