शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश बागमती प्रदेश

बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका हिरालाल मृत भेटिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ साउन, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
भक्तपुर, साउन २८ :

भक्तपुरको होल्डिङ सेन्टरमा बस्दै आएका एक जना सुकुम्वासी मृत भेटिएका छन् । ५७ वर्षका हिरालाल पासवान कोठामा मृत भेटिएका हुन् । हिरालालका ६ सदस्य होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

हीरालालका थापाथली बस्तीमा हुँदा वरपर बदाम बेच्ने गर्थे ।मृतकका आफन्तका अनुसार हीरालाल केही समययता सरकारले दिने भनेको जग्गा पाउने सूचीमा  नाम नभएको देखेपछि चिन्तामा थिए ।

सरकारले उनीहरु वर्षौदेखि बस्दै आएको घर भत्काइदिएपछि होल्डिङ सेन्टरमा उनीहरुको कष्ठकर जीवन शैली वितिरहेका छन् । सरकारले लामो समय भइसक्दा पनि उचित व्यवस्थापन नगरेको भन्दै होल्डिङ सेन्टरका सुकुम्वासी सकसपूर्ण तवरले जिउन बाध्य छन् । 

उनीहरुमा नैराश्यता बढ्दै गएको बताइएको छ । योसँगै सकुम्वासी बस्तीमा डोजर चलाएदेखि अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । । कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टर बाढीले प्रभावित भएपछि उनीहरूलाई यहाँ सारिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार