आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश बागमती प्रदेश

बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

मुख्यमन्त्रीका रुपमा कसलाई अघि सार्ने भन्नेमा एमालेमा अलमल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
हेटौंडा, भदौ १ :

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठन प्रक्रिया सुरु गरेका छन् ।  इन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आहृवान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमति अनुसार बागमतीमा अब एमालेले सरकारको नेतृत्व गर्ने छ ।  

नेकपा र एमालेबीचको गठबन्धनले अन्य दलको समर्थन जुटाएर सरकार गठन गर्ने तयारी गरेका छन् ।  एमालेले मुख्यमन्त्रीका रुपमा कसलाई अघि सार्ने भन्ने विषय भने अहिलेसम्म टुंगिएको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार