शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश बागमती प्रदेश

सत्ता गठबन्धनभित्रको विवादले बागमतीका मुख्यमन्त्रीको विश्वासको मत अन्योलमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
सत्ता गठबन्धनभित्रको विवादले बागमतीका मुख्यमन्त्रीको विश्वासको मत अन्योलमा
हेटौंडा, भदौ ८ :

सत्ता गठबन्धनभित्रै विवाद चर्किएपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिने तयारी गरेको विश्वासको मत अन्योलमा परेको छ। दलहरूबीचको आन्तरिक विवादका कारण प्रदेशसभा बैठकसमेत प्रभावित भएको छ।

नेकपाका १३ सांसद सरकारमा भागबन्डा, मन्त्री छनोट र शक्ति बाँडफाँटको विषयमा असन्तुष्ट छन्। सांसद युवराज चौलागाईंले विवाद समाधान नभएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने बताएका छन्।

राप्रपाभित्र पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा विवाद छ। पार्टीको निर्देशनविपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कारबाही प्रक्रिया अघि बढाएको छ भने प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन्।

यस्तै, कांग्रेसले मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटको टुंगो नलाग्दै विश्वासको मत लिन प्रक्रिया अघि बढाए प्रदेशसभा बहिष्कार गर्ने चेतावनी दिएको छ।

तीनवटै दलभित्र देखिएको विवादका कारण मुख्यमन्त्री मगरका लागि विश्वासको मत जुटाउने प्रक्रिया जटिल बनेको छ। १०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार