शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काठमाडौँ मुग्लिन सडकको कृष्ण भीरमा बाढीले सडक कटान गरेपछि यातायात सञ्चालन अवरुद्ध

सक्रिय न्युज · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
काठमाडौँ मुग्लिन सडकको कृष्ण भीरमा बाढीले सडक कटान गरेपछि यातायात सञ्चालन अवरुद्ध
फाइल तस्वीर ।
चितवन, भदौ १४ :

पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ मुग्लिन सडकको कृष्ण भीरमा बाढीले सडक बगाएको छ ।

भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालन रोकिएको हो ।

धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी दिएको छ ।

कृष्णभीरमा सडक भासिएर बगेको धादिङका पत्रकार शिवराज आचार्यले बताएका छन् । सडक बगेपछि यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार