बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
राजनीति

स्थानीय तह निर्वाचनको तयारी र सङ्गठनात्मक एकता सुदृढ गर्न एमालेले मङ्सिर २ र ३ गते राष्ट्रिय भेला गर्दै

राष्ट्रिय भेलामा ३ हजार ४ सय १४ जनाको सहभागिता रहने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० कात्तिक, २०८३ मा प्रकाशित
स्थानीय तह निर्वाचनको तयारी र सङ्गठनात्मक एकता सुदृढ गर्न एमालेले मङ्सिर २ र ३ गते राष्ट्रिय भेला गर्दै
ललितपुर, कात्तिक ३० :

नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीका लागि राष्ट्रिय भेला गर्ने भएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टी पङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउन मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला गर्न लागिएको जनाएको हो । मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै  नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य रहेको एमालेले जनाएको छ ।

राष्ट्रिय भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि समेत गरी कूल ३ हजार ४ सय १४ जनाको सहभागिता रहने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

भेलामा उपाध्यक्ष रामबहादुर थापाद्वारा संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा एमाले सरकारमा रहँदा गरिएका  महत्वपूर्ण कामहरु तथा उपलब्धिहरुको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने उनले बताए । त्यस्तै भेलामा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र काम’सहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्ने आचार्यले बताए ।

त्यसैगरि पार्टीका वरिष्ठ नेता, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी विशेष सम्बोधन गर्ने तय भएको उनले जानकारी दिए । भेला सञ्चालनका लागि आवश्यक हल व्यवस्थापन तथा आन्तरिक सुरक्षा प्रबन्धलाई अत्यन्त सुव्यवस्थित बनाइएको र १०० जना स्वयंसेवकहरुले भेला स्थल र सहभागीहरुको सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने एमालेले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार