बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी#हावाहुरी#सुन्तला झार्‍यो #रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी#हावाहुरी#सुन्तला झार्‍यो
समाचार भिडियो

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

७५३ वटै स्थानीय पालिकालाई यस्ता कार्यक्रम सुरु गर्न मन्त्री श्रेष्ठको आह्वान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु
काठमाडौं, मंसिर १० :

काठमाडौँ महानगरपालिकाले टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु गरेको छ ।

बिहीबार टेकु फोहर संकलन केन्द्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रुपमा पुनःनिर्मित टेकु बायो–मिथेनेसन प्लान्टको उद्घाटन गरेका हुन् । परियोजनाको परीक्षण सुरु भएसंगै कुहिने फोहोरको व्यवस्थापनका साथै नवीकरणीय ऊर्जा र जैविक मल उत्पादनसँग जोड्ने नीति अघि बढाउने सहज हुने महानगरको विश्वास छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले ७५३ वटै स्थानीय पालिकालाई यस्ता कार्यक्रम सुरु गर्न आह्वान गर्दै समन्वय भएमा त्यस्तै प्लान्टमा साझेदार बन्न मन्त्रालय तयार रहेको बताए । ‘एलपीजी मुक्त स्थानीय सरकार’ घोषणाअनुसार उत्पादन हुने ग्यासलाई उपयोग गर्न नीतिगत अस्पष्टतामा सहकार्य गर्नुपर्ने उनले बताए । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा दर्ता भइसकेको सन्दर्भमा पाइपलाइन र ग्यास वितरणसम्बन्धी विषयमा संसद्मा घनिभूत छलफल गरी नीतिगत सम्बोधन वा छुट्टै प्रावधान आवश्यक पर्ने–नपर्नेबारे छलफल गर्न सकिने धारणा राखे । उनले फोहर व्यवस्थापनमा सरकारी तथा जिम्मेवार निकाय मात्र सक्रिय भएर नपुग्ने भएकाले आम नागरिकमा जनचेतना अभिवृद्धि र सहयोग अपरिहार्य रहेको धारणा राखे ।

त्यस्तै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख डंगोलले बायोग्यास प्लान्ट सञ्चालनपछि उत्पादन हुने ग्यास कसरी वितरण गर्ने भन्ने स्पष्ट नीति अझै नबनेको, घर–घरमा सिलिन्डर पु¥याउने पाटोसँगै पाइपलाइन वितरणको नीति तत्काल आवश्यक रहेको बताइन् । परीक्षण सञ्चालन सुरु भई ग्यास उत्पादन हुन थालेपछि वितरणको अन्योल हुने भएकाले पाइपलाइन वितरणसम्बन्धी नीति छिटो ल्याउन उनले आग्रह गरिन् ।

उनले फोहोरलाई मोहर बनाउने, ‘वेस्ट टु इनर्जी’ तथा ’वेस्ट टु इकोनोमी’ का विविध पक्षलाई समेट्दै फोहोरको उपयोगी प्रयोग गर्न छुट्टै नीति आवश्यक रहेको धारणा राखिन् । करिब १० बर्ष अघि निर्र्माण भएको टेकु बायो–मिथेनेसन प्लान्ट केही समयमा नै बन्द भएको थियो । महानगरले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसंगको समन्वयमा पुनः परिक्षण सुरु गरेको हो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार