बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी#हावाहुरी#सुन्तला झार्‍यो #रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी#हावाहुरी#सुन्तला झार्‍यो
अर्थतन्त्र भिडियो

नागरिक लगानी कोषको गुनासो- सामाजिक सुरक्षा कोषका कारण कोष परिचालनमा चुनौती

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
नागरिक लगानी कोषको गुनासो- सामाजिक सुरक्षा कोषका कारण कोष परिचालनमा चुनौती
काठमाडौं, मंसिर १० :

नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधकको रुपमा औल्याएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने अन्य संस्थाको उपस्थिति प्रतिस्पर्धाका रुपमा रहेको र सवैभन्दा बढी कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधकको रुपमा रहेको बताए ।

पछिल्लो चरणमा सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा सहभागी भइसकेका संस्थाहरूलाई समेत पत्राचार गरी अनिवार्य आउनुपर्ने दबाब दिने प्रचलन बढेको तथा पैसा पठाउने वा व्यवस्थापन गर्ने विषयमा कानुनी कारबाहीको प्रावधानले जटिलता थपेको उनले बताए ।

जनशक्तिको अभावमा पनि कोषले पुँजी बजारमा समेत निजी क्षेत्रका सेवा प्रदायक संस्थाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको कार्यकारी निर्देशक कार्कीले बताए ।

साथै उनले  हकप्रद सेयरमार्फत तुरुन्त पैसा तान्ने उद्देश्य नभई ऐनको अधिकृत पुँजीभित्रै रही कमाइअनुसार बोनस सेयरमार्फत क्रमिक रूपमा पुँजी वृद्धि गर्ने योजना रहेको जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार