
काठमाडौँ, साउन २२ :
गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।
चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर भन्ने मौलिक गीत परिवारका सबैजना एकै स्थानमा बसेर सुन्न र रमाउन सकिने गीतकार पौडेलले जानकारी दिनुभयो ।
कतिपय तीज गीत विवादमा तानिँदै आएका बेला यस्ता मौलिक गीतले पर्वको महत्व झल्काउने उहाँले बताउनुभयो । तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको बेला मौलिक सृजनाका लागि आफूले अग्रसरता लिएको उहाँले जानकारी दिनुभयो ।