काठमाडौँ, मंसिर १५ :

रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की,गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ ।

मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।  

काठमाडौंबाट बेतालीतर्फ आउदै गरेको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटनामा परेको थियो । जिप सडकबाट तीन सय मिटर तल भीरमा खसेको  ।

दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगङ्गा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् ।