
काठमाण्डौं, साउन २६ :
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठक आजदेखि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।
समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न बैठक बस्न लागेको सो पार्टीले जनाएको छ । बैठक आज अपराह्न ४:०० बजे बस्दैछ ।
बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो ।