
काठमाडौँ, साउन २८ :
भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उहाँ दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो ।
दुई विदेश सचिवले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
विदेश सचिव मिश्री भोलि भारत फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।