काठमाडौँ, साउन २८ :

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा प्रस्तावित विभिन्न ११ वटा एजेन्डाहरूमा छलफल जारी रहेको र त्यसमाथि नेताहरूले आ-आफ्ना धारणा राखिरहेका छन् । 

साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।