
काठमाडौँ, साउन २८ :
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि जारी रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको दोस्रो दिनको बैठकमा आज पनि नेताहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण लगाएतका विषयमा छलफल हुने जनाइएको छ ।