काठमाडाैं, पुस २९ :

सरकारले १३ जना सचिवको सरुवा  र २ जनालाई कामुको जिम्मेवारी तोकेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा , सुमनराज अर्याल र चुडामणी शर्मा पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेकाे छ ।

यसैगरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेत,पर्यटन मन्त्रालयमा बिनोद सिंह, महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डे,उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराईलाई र संघीय, मामिला तथा प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्तलाई सरुवा गरिएको छ ।

यस्तै, निर्वाचन आयोगमा भरतमणी सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, सार्वजनिक खरिद, अनुगमन कार्यालयमा मुकुन्द प्रसाद निरौला, बागमती प्रदेशमा महादेव पन्थ र कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई सरुवा गरिएको छ ।

त्यस्तै, बैठकले मधेश प्रदेशमा मदन भुजेल र लुम्बिनी प्रदेशमा बाबुराम अधिकारीलाई कायम मुकायम तोकेको छ ।

यसैगरी मन्त्रिपरिपद्को बैठकले नेपाल प्रहरीको रिक्त्त ५ डीआईजी पदमा  बढुवा गरेको छ । पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

दिनेश कुमार आचार्य,ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, अरुण पौडेल, गोविन्द थपलियाको बढुवा भएको हो ।४ जना डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनीहरूको बढुवा भएको हो ।