बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
विदेश

युद्धविराम घोषणापछि गाजामा भएका आक्रमणमा १२२ जनाको मृत्यु

· शनिबार, ६ माघ, २०८१ मा प्रकाशित
युद्धविराम घोषणापछि गाजामा भएका आक्रमणमा १२२ जनाको मृत्यु
काठमाडौं, माघ ६ :

हमासको नागरिक रक्षा एजेन्सीले १५ जनवरी २०२५ मा युद्धविराम घोषणा भएदेखि गाजामा मारिएकाहरूको संख्या १२२ पुगेको जनाएको छ ।

हमासका प्रवक्ता महमुद बसलले मारिनेमा ३३ बालबालिकासमेत छन् । यसबाहेक यही अवधिमा २७० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

युद्धविराम लागु हुनुभन्दा अगाडि नै इजरायलले आक्रमण जारी राखेको हमासले आरोप लगाएको छ ।

बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको निकाय युनिसेफकी एक कार्यकर्ताले पनि बीबीसीलाई गाजाको आकाशमा उडिरहेका ड्रोनहरूको आवाजले आफू ब्युँझिएको प्रतिक्रिया दिइन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले शनिबार बिहान जारी गरेको एक रिपोर्टमा दक्षिणी गाजाको अल-कारारामा शुक्रबार राति इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, बीबीसीले यो रिपोर्ट पुष्टि गर्न सकेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार