बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र बैंक/बीमा

१४ विकास बैंकको वित्तीय विवरण : तीन वटाले घाटा बेहोर्दा ११ वटाले नाफा कमाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
१४ विकास बैंकको वित्तीय विवरण : तीन वटाले घाटा बेहोर्दा ११ वटाले नाफा कमाए
काठमाडौं, माघ ९ :

क्षेत्रीय र राष्ट्रियस्तका समेत गरी १७ विकास बैंकहरु सञ्चालनमा रहेकामा यही माघ ८ गते (आज मंगलबारसम्म) १४ वटा विकास बैंकले चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये क्षेत्रीयस्तरका तीन विकास बैंकले खुद नोक्सानी बेहोरे पनि बाँकी ११ वटाले भने नाफा कमाएका छन् ।

क्षेत्रीयस्तरको सिन्धु विकास बैंकले चालु आवको दोस्रो त्रैमासमा चार करोड ८७ लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्षेत्रीयस्तरकै नारायणी डेभलपमेन्ट बैंकले ६२ लाख १३ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

राष्ट्रियस्तरको लुम्बिनी, कामना सेवा, ज्योति, मुक्तिनाथ र साइन रेसुंगा डेभलपमेन्ट बैंकले भने चालु आवको दोसो त्रैमासमा क्रमशः १४ करोड ७६ लाख १८ हजार, ३२ करोड २४ लाख ९३ हजार, ५० करोड ३१ लाख २२ हजार र ३३ करोड आठ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

राष्ट्रियस्तरकै महालक्ष्मी, सांग्रिला र गरिमा विकास बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः २८ करोड ७४ लाख ९९ हजार, १९ करोड ६५ लाख ६१ हजार र ५४ करोड ९९ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

क्षेत्रीयस्तरको कर्पोरेट र मितेरी डेभलपमेन्ट बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक करोड सात लाख ३९ हजार र दुई करोड ५८ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । एक्सेल र सप्तकोसी डेभलपमेन्ट बैंकले भने यस अवधिमा क्रमशः नौ करोड पाँच लाख ३५ हजार र दुई करोड ९९ लाख १७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् ।  

हेर्नुहोस् विकास बैंकहरुले चालु आवको पुस मसान्तसम्म कमाएको नाफा (रकम रु. हजारमा)
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार