मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
समाचार राजनीति

सरकारले युवा पलायन रोक्न आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ: नेता डा कोइराला

· मंगलबार, ३० साउन, २०८१ मा प्रकाशित
Dr Shekhar
काठमाडौँ, साउन ३० :

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरूरी रहेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आज आयोजना गरेको ‘अन्तरपुस्ता संवाद’ कार्यक्रममा उहाँले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।

“युवालाई नेपालमै कसरी आकर्षित बनाउने भन्नेबारे सरकारले आवश्यक कार्ययोजना बनाउन जरूरी छ”, नेता कोइरालाले भन्नुभयो, “नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्छ । युवा पलायन रोक्न राज्यले उनीहरूलाई कसरी ‘इन्गेज’ गराउने हो त्यसतर्फ ध्यान दिइनुपर्छ । स्वदेशमै अवसरको खोजी गर्ने जिम्मेवारी अभिभावको पनि हो ।”

    प्रतिनिधिसभा सदस्य डा कोइरालाले व्यावहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अवलम्बन गर्दै स्वरोजगार र उद्यमशीलताको विकासका लागि युवालाई प्रोत्साहित गरिनुपर्ने खाँचो औँल्याउनुभयो । देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी युवाको काँधमा रहेकाले युवाले पनि उद्यमशील मानसिकतासहित स्वदेशमै केही गर्ने सोच निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

     नेता डा कोइरालाले ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसँग जोडिएर आएका प्रश्नलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । वर्तमान सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारी सिर्जनाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

     कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले युवापलायन रोक्न युवा उद्यमशीलता विकास, स्वरोजगारीमा प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) का नेता डा दीपकप्रकाश भट्टले समग्र राष्ट्रिय विकास नीति निर्माणका लागि युवापुस्ताले राज्यलाई घचघच्याउन जरूरी रहेको धारणा राख्नुभयो । 

     जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य विदेश्वर यादव (विक्की) ले युवापुस्ताको समस्यालाई सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई गम्भीर बन्न आग्रह गर्नुभयो । 

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थिले युवाको मागलाई सरकार र राजनीतिक दलसमक्ष पु¥याउन पुलको रुपमा काम गर्ने उद्देश्यले संस्थाले विभिन्न युवा अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार