काठमाडौं, माघ १२ :

नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टीका थापा बीकेको निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोले दर्शकको ध्यान आकर्षित गरिरहेको छ ।

गीतको कथा तथा निर्देशन बबिता श्रेष्ठ (मालेकु) ले गरेकी छन् । भिडियोको कोरियोग्राफी प्रवीण थापाले गरेका छन् । म्युजिक भिडियोमा रामेश विश्वकर्मा, उषा उप्रेती, सुरज चापागाईं र सुशीला निरौलाको अभिनय छ ।

सिनेमाटोग्राफीको जिम्मेवारी उत्तम हुमागाईं र उनको टोलीले सम्हालेका छन् । भिडियो सम्पादन तथा रंग संयोजन मीन रावलले गरेका छन् । पोस्ट प्रोडक्सनको काम आराब प्रोडक्सनले गरेको हो ।

गीतमा प्रताप दास र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतका शब्द नीरजजंग गहतराजले लेखेका हुन् । संगीत दीपक शर्माले सिर्जना गरेका छन् ।

संगीत एरेन्जरका रूपमा पुरुषोत्तम सुवेदीले योगदान दिएका छन् । मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् भने रेकर्डिस्ट समीर कार्की छन् । भिडियोको निर्माण तथा सार्वजनिक सारा इन्टरटन्मेन्टले गरेको हो ।